जापान

महासम्राट र महारानीद्वारा युद्ध निर्वासितहरूको स्मारकको भ्रमण

जापानका महासम्राट अकिहितो र महारानी मिचिकोले टोकियोको एउटा सङ्ग्रहालयको भ्रमण गर्नुभएको छ, जहाँ जापानी नागरिकसँग सम्बन्धित सामग्रीको प्रदर्शनी राखिएको छ । यी जापानी नागरिकहरूलाई दोस्रो विश्वयुद्धपछि साइबेरिया र अन्यत्र नजरबन्दमा राखिएको थियो ।

सम्राट र महारानीले सोमबार साइबेरियाको सिन्जुकु वार्डमा सैनिक, कैदी र युद्ध निर्वासितहरूको स्मारक संग्रहालयको भ्रमण गर्नुभएको हो । उहाँहरु त्यहाँ करिब १ घण्टा बस्नुभएको थियो ।

स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार भूतपूर्व सोभियत संघको साइबेरिया र अन्य ठाउँमा रहेका जेलहरूमा ५४ हजारभन्दा बढी जापानी सैनिक र नागरिकको मृत्यु भएको थियो ।

पछिल्लो प्रदर्शनीमा कैदीहरूले जापानमा आफ्ना परिवारहरूलाई पठाएको पोस्टकार्डहरू र उनीहरूले शिविरहरूमा प्रयोग गरेका उपकरणहरू समावेश छन्।

२०१९ मा सिंहासन त्याग गर्नु अघि, महान सम्राट र महारानीले युद्धमा मारिएकाहरूको लागि प्रार्थना गर्नुभएको थियो । त्यस्तै उहांहरु प्रशान्त महासागरमा भयंकर लडाइँ भएको ठाउँ ओकिनावा र साइपान टापुसँगै परमाणु बम विष्फोटबाट पीडित हिरोसिमा र नागासाकीको पनि भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.