राजनीति

“नेपालले पनि भारतको राजनीतिमा हस्तक्षेप गर्नुपर्छ”

नेपालको सत्ता राजनीतिमा भारतको प्रत्यक्ष दवाव र हस्तक्षेप रहने गरेको छ । को प्रधानमन्त्री, को राष्ट्रपति मात्र होइन कि मन्त्री र सचिवहरुमा समेत भारतको चासो रहने गरेको छ ।

केही समययता राजनीतिक रुपमा भारतको हस्तक्षेपकारी भूमिका प्रत्यक्ष नदेखिए पनि दवाव भने कायमै छ । अहिले राष्ट्रपति चयनका विषयमा पनि भारतको हस्तक्षेप सुझावका रुपमा सार्वजनिक भैरहेको छ ।

सत्ता साझेदार दलहरुले पूर्व सहमति अनुसार राष्ट्रपतिको भाग परेको दललाई दिने र नलिई नछोड्ने अडान राखिरहेका बेला भारतले राष्ट्रपतिमा नामहरु सुझाउन थालेको छ ।

अघिल्लो साता नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विनय क्वात्राले गोप्य रुपमा कृष्ण सिटौला र महन्थ ठाकुरमध्ये एकजनालाई राष्ट्रपति बनाउनुपर्ने सुझाएको चर्चा सेलाएको छचैन ।

पछिल्लो समय नेपालविज्ञ समेत भनेर चिनने भारतीय एसडी मुनीले नेपालमा राष्ट्रपतिका लागि भनेर चार नाम तोकेर ट्वीट गरेका छन् ।

सोमबार बिहान मुनीले ट्वीटर नेपालमा सर्वसम्मतिबाट नयाँ राष्ट्रपतिको माग जायज रहेको बताउँदै राष्ट्रपतिका लागि देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइराला योग्य भनेर नाम लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आउनु र नेपाली कांग्रेसका केही नेताहरुले कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्ने तर त्यस्तो उम्मेदवार दल बाहिरको हुनुपर्ने बताइरहेका छन् ।

आज (मंगलबार) विहान मात्रै कांग्रेस नेता डा. शेखर कोइरालाले सिन्धुलीमा राष्ट्रपतिका लागि कांग्रेसले दल बाहिरको उम्मेद्वार खडा गरे राष्ट्रिय सहमति बन्ने बताउनुभएको थियो ।

भारतको चाहना अनुसारको बोली नेपालका धेरै नेताहरुले बोलिरहेका छन् । मुनीको पछिल्लो ट्वीट पनि त्यसैको अभिव्यक्ति हो । राष्ट्रिय सहमतिका नाममा भारतको चाहना पूरा गर्ने मेसो भैरहेको व्यापक आशंका अहिले उत्पन्न भैरहेको छ ।

नेपालको सत्ता राजनीतिमा भारतको राजनीतिक, कूटनीतिक र बौद्धिक र संचार जगतले जसरी यो र त्यो भन्दै हस्तक्षेपकारी सिफारिश गर्ने गरेको छ, नेपालका संचार र बौद्धिक जगतले भारतका सवालमा त्यस्तै भूमिका निर्वाह गर्ने हो भने सायद भारतको दादागिरी कम हुन्थ्यो कि ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.