कला/मनोरन्जनकलिउड

मौलिक नेपाली चलचित्र 'लंगौटी'को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

नेपालको मौलिकतालाई समेटेर चलचित्र बनाउने क्रममा अर्को एक चलचित्र बनेको छ ‘लंगौटी’ । २०७७ असार ५ गते प्रदर्शन मिति तोकेर पोस्टर सार्वजनिक हुँदादेखि नै चर्चा बटुलेको यस चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको कथा समेत लेखेका निर्देशक सुजन खातिवडाका अनुसार लंगौटी चलचित्र एक पुरानो रितिरिवाज, कुरुकुल शिक्षा प्रणाली र जातीय परम्परालाई समेटेर बनाइएको डकुमेन्ट्री हो जसले गर्दा हामी नेपालीको वास्तविक जीवन के हो र हाम्रो शरीरमा लागाएको पहिलो वस्त्र के हो ? हिजो लंगौटी ठाउँमा खोल्न नजानेर के भैरहेको थियो र आज २१औ शताब्दीको एड्भान्स लंगौटी सदुपयोग कसरी गर्न सकिन्छ र गर्न सकिएन भने त्यसको प्रतिफल के हुन्छ भन्ने विचारहरु दर्शाउन खोजिएको छ ।

चलचित्रमा उमेश मायालु, आकाश नेपाली, सन्ध्या श्रेष्ठ, बसन्त आचार्य, सुजन खतिवडा, सुशील सैजु, शिव आचार्य, जगत स्टन्ट मेन, निशा कार्की, पुरुषोत्तम नेपाल, रोहित दंगाल, कञ्चन सापकोटा, सुदिप रेग्मी, विनोद तिमिल्सिना, निशा सापकोटा, कुमार थापा, जोसिला विक लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रज्वल देवाङ्, बासु न्यौपाने र दिनेश मुस्कानको छायांकन रहेको छ लगौंटीलाई ंअनन्त घिमिरेले सम्पादन गरेका छन् । नवराज गजुरेलको पटकथा रहेको चलचित्रका सहनिर्माता सुशील सैंजु र शिव आर्चाय हुन भने चलचित्रमा सहनिर्देशनमा मनोज खड्का रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.