क्रिकेटखेल

विश्वकपमा स्थान बनाउन नेपाललाई १७६ रनको लक्ष्य

ओमानमा जारी आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई)ले विजयका लागि १७६ रनको लक्ष्य दिएको छ ।

टल जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो । युएईका लागि ओपनर चिराग सुरी ४ रन बनाएर जितेन्द्र मुखियाको बलमा बोल्ड भए पनि अर्का ओपनर मोहम्मद वासिमले ७० रन बनाए ।

सुरी आउट भएपछि आएका भृत्य अरविन्द ४६ रन बनाएर आउट भए । १६ ओभरपछि खेल नियन्त्रणमा राखेको नेपालले त्यसयता पाँच विकेट लिन सफल रह्यो ।

नेपालका लागि अविनाश बोहरा र जितेन्द्र मुखियाले ३–३ विकेट तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.