राजनीति

राष्ट्रपतिमा चर्चा चलेसंगै नेपालसंग चिनीया राजदूतको भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी राष्ट्रपतिका रुपमा नाम अघि सारिनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग नेपालका लागि चिनीयाँ राजदूतले भेटवार्ता गर्नुभएको छ ।

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा बुधबार दिउँसो भएको भेटमा अध्यक्ष नेपालले राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

उहाँहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष, दुई देशबीचको दौत्य सम्बन्धका साथै एकापसमा पारस्परिक सहयोग, विकासबारे छलफल भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।

राजदूत सङले नेपालमा राजदूतका रूपमा आउन पाएकामा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.