जन सरोकार

सरकारको ढिलासुस्तीले नक्कली लाइसेन्स बनाउनेहरु सक्रिय

यातायात व्यवस्था विभागले समयमै सवारी चालक अनुमतिपत्र छपाई गरी उपलब्ध गराउन नसकेपछि नक्कली सवारी चालक अनुमतीपत्र बनाउनेहरु निकै सक्रिय रहेको पाइएको छ ।

नक्की सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड बनाउने कार्यमा संलग्न रहेको आरोपमा ललितपुरबाट प्रहरीले एकजनालाई स्मार्ड कार्डसहित पक्राउ गरेको ।

समाचार अनुसार रोल्पा त्रिवेणी गाउँपालिका ७ घर भई ललितपुर गोलभट्टा बस्ने २८ वर्षीय प्रकाश घर्तिमगरलाई नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी विभिन्न बर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न मगरलाई ‘बी’ बर्गको सवारी चालक अनुमतीपत्रलाई ‘ए, बी, एफ र जी’बर्गको नक्कली सवारी चालक अनुमतीपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.