जन सरोकार

अश्लिल भिडियो बनाउने कार्यमा संलग्न तीनजना पक्राउ

प्रहरीले भक्तपुरबाट अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा सूर्यबिनायक नगरपालिका ५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका ६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.