मौखिक उजुरी दिने युवतीले किटानी जाहेरी नदिएपछि
शनिबार साँझ आफूलाई चुम्बन गरेको दृश्य भिडियो कैद गरेको भन्दै त्यसलाई डिलिट गर्न माग गर्दै एक युवतीले महानगरीय प्रहरी वृत्त, जगातीको महिला सेलमा मौखिक उजुरी दिइन । सोही उजुरीका आधारमा अश्लील भिडियो बनाएको आरोपमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट प्रहरीले तीनजनालाई पक्राउ गर्यो ।
प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ घर भइ हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भइ काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजीव थनेत दनुवारलाई पक्राउ गरेको थियो ।
तर आइतबार प्रहरीले उनीहरुलाई बिना कारबाही छाडिदियो । पीडित भनिएकी युवतीले किटानी जाहेरी नदिएपछि महानगरीय प्रहरी वृत्त, जगातीले उनीहरुलाई छाडेको हो ।
जगातीका डीएसपी चक्रराज जोशीका अनुसार करिब २०/२५ सेकेण्डको क्लीप रहेका कारण मुद्दा चलाउन खाजे पनि पीडितले नै जाहेरी दिन नमानेपछि कानूनी कारबाही गर्न नसकिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्