राजनीति

कि सरकार छोडेर सडकमा जानु पर्यो, कि सरकारमा बसेर सडकमा जानु भएन : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा जानु पर्यो, कि सरकारमा बसेर सडकमा जानु भएन । ”सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले थप्नुभयो, “विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसिसी गलत भए आँफुहरु ब्याक हुने बताउनुभयो ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताउनुभयो । एमसिसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाइ थियो ।

मन्त्री झाँक्रीले पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उहाँले यस विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेकोे भन्दै उहाँले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.