राजनीति

कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक पर्दैन : पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ राष्ट्रपतिका लागि दलहरूबीच सरगर्मी बढिरहँदा मन्त्री किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनुपर्ने बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्द्धन र विकास विषयक अन्तरक्रियामा सहभागी हुँदै मन्त्री किराँतीले दलहरूका बीचमा पदको बाँडफाँट भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने बताउनुभयो । राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरूपमा अगाडि बढ्ने उहाँको धारणा छ ।

सोही क्रममा उद्योगी व्यवसायीहरूले राखेका मागका विषयमा बोल्दै मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताउनुभयो । “नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ”, उहाँले भन्नुभयो, “अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।”

सो क्रममा उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले विकासको खाका समेटिएको अवधारणापत्र मन्त्री किराँतीलाई हस्तान्तरण गर्नुभयो । मन्त्री भएपछि आफ्नो गृहजिल्ला भोजपुर आउनुभएका किराती विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.