राजनीति

सञ्चारमन्त्री कार्कीद्वारा कलाकार लामाको निधनप्रति दुःख व्यक्त

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्याति प्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको हो ।

मन्त्री कार्कीले आज शोक विज्ञप्तिमार्फत लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै मन्त्री कार्कीले उहाँको निधनबाट मुलुकले गीत सङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button