राजनीति

रवीन्द्र अधिकारीको नाममा एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना हुने

रामजीप्रसाद लम्साल, पोखरा

२०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको प्रथम स्मृति दिवसको अवसरमा एक करोड रुपैयाँ बराबरको अक्षयकोषको स्थापना हुने भएको छ । गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा गर्नु भएको थियो ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले फागुन १५ गते पोखरामा विविध कार्यक्रम गरी मनाइने अधिकारीको प्रथम स्मृति दिवसमा कोष स्थापना लगायतको घोषणा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव धनराज आचार्यले प्रतिष्ठानले एक करोड रुपैया बराबरको अक्षयकोष समेत स्थापना गर्ने बताउँदै प्रतिष्ठानको तीन तहको सदस्यबाट तथा अन्य दाताबाट संकलन गरी उक्त अक्षयकोष स्थापना गरिने भएको जानकारी दिनुभयो । अक्षयकोषका लागि जापानबाट ४ लाख भन्दा बढी रकम संकलन भएको बताएका महासचिव आचार्यले बताउँदै स्व. अधिकारीको भेटी वापत संकलन भएको रकम समेत अक्षयकोषमा राखिने बताउनुभयो ।

महासचिव आचार्यले यही फागुन १५ गते नेता अधिकारीको दुर्घटना भएको दिनमा पोखरा सभागृहमा प्रथम स्मृति सभा आयोजना हुने भएको बताउँदै सो दिन पोखरा महानगरपालिकाको पहलमा हालै पोखराको सराङकोट जामुनेवोट (शहिद तथा राष्ट्रिय विभुति पार्क)मा रवीन्द्र अधिकारीको शालिक समेत अनावरण हुनेछ ।

स्मृति दिवसकै सन्दर्भमा यही फागुन १० गते कलाकारद्वारा क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न भएको थियो । सो क्रममा उतारिएका चित्रहरु पोखरा सभागृहमा यही फागुन १५ गते प्रर्दशन गरिने र विक्री समेत हुने भएको छ । पेन्टिङ विक्रीको रकम प्रतिष्ठानमा जाने महासचिव आचार्यले बताउनुभयो ।

पत्रकार सम्मेलनमा आचार्यले “प्रतिष्ठान गैर नाफामूलक तथा अभिछिन्न उत्तराधिकारी रहने गरी स्थापना गरेको बताउँदै यसमा स्व. अधिकारीका परिवारजन, साथीभाई इष्टमित्र तथा नेकपाका केही व्यक्तिहरु रहेका छन, र यो प्रतिष्ठानलाई सवैको बनाउन खोजेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापाले रवीन्द्र अधिकारीको निधनले नेपाल कम्युनिष्ट आन्दोलनलाई अपुरणिय क्षति पुगेको बताउँदै प्रतिष्ठानले एक वर्षमा विभिन्न कार्यक्रम गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानले देशभरका स्नातक र स्नात्तकोतर तहका विद्यार्थीहरु सहभागी हुन पाउने गरी नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना भएको छ भने पुरस्कार वितरण भने फागुन १५ गते नै हुने भएको महासचिव आचार्यले जनाए । यही फागुन १६ गते समाज रुपान्तरणमा रवीन्द्र अधिकारी विषयक एक कार्यशाला गोष्ठी हुने भएको प्रतिष्ठानले जनाएको छ ।

पत्रकार सम्मेदनमा कास्की क्षेत्र नं. २ की सांसद, रवीन्द्र अधिकारी धर्मपत्नी तथा प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले समाजको हितको लागि प्रतिष्ठानले सामाजिक कार्य गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.