राजनीति

कालापानीमा सीमा सुरक्षाचौकी राख्न रावलको माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीमबहादुर रावलले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सीमा सुरक्षा सर्वाधिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धिसम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उहाँले सरकारसँग माग गर्नुभयो । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुयो ।

उता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका गगनकुमार थापाले जनचासोका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताउनुभयो । “प्रधानमन्त्री सदनमा आउनुपर्छ”, उहाँले भन्नुभयो, “ उहाँले प्रतिपक्षको प्रश्नको सामना गर्नुपर्छ ।”

सांसद थापाले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि ‘रुलिङ’ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको अभिव्यक्ति व्यवहारमा नदेखिएको आरोप पनि उहाँले लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.