राजनीति

कांग्रेस-एमाले छलफल : ओलीको पूर्व अडान कायमै

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता समाप्त भएकाे छ । सत्ता गठबन्धनका दुई दल एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवा विकल्पको खोजीमा हुनुहुन्छ ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदमा एमालेले जारी राखेको अवरोध खुलाउने र अमेरिकी सहयोग परियेजना एमसीसी पारित गर्ने विषयमा छलफल भएको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न एमालेको साथ माग्नुभएको थियो । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जे मुद्दा उठाएर संसद अवरोध गरेको छ, त्यो विषय संबोधन नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी हुनुहुन्छ ।

यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा ‘वान टु वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो ।

संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबुल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पार्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.