राजनीति

फागुन १५ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित भएको छ ।

सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि फागुन १५ गते आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ अनुसार आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । हिजो फागुन १२ गतेको बैठक पनि यसैगरी सूचना टाँस गरी आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेस गरिने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.