जन सरोकार

फेसबुके चिनजान, जागीरको प्रलोभन : हुनुपर्यो सामूहिक बलात्कारको शिकार

फेसबुकमा भएको चिनाजानीकै आधारमा महिलाहरु गम्भीर समस्यामा परेका विवरण दैनिकजसो सार्वजनिक भैरहँदा सुनसरीकी एक महिला फेसबुककै चिनाजानीका आधारमा भरपर्दा सामूहिक बलात्कारको शिकार हुनुपरेको छ ।

समाचार अनुसार फेसबुकमा चिनजानन भएकी सुनसरीकी एक महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार गरिएको छ । जागिरको प्रलोभन देखाएर सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर दुई जनाले बलात्कार गरेका हुन् ।

पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ बूढानीलकण्ठबाटै नियन्त्रणमा लिइएका उनीहरूलाई महाराजगन्ज वृत्तको हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दा चलाइएको छ ।

वृत्तका प्रमुख उमेश लम्सालका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी लम्सालले दिनुभयो । उनीहरूले इटहरीकी ती महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर उनी र विशाल संग्रौलाले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.