जन सरोकार

दैलेखेको भगवतीमाईमा दुई बालिका जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला

दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् । भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।

बालिका मृत फेला

नाताले दिदी बहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका गएराति एउटै घरमा सुतेका थिए ।

राति घरबाट निस्किएका उनीहरू बिहान घर भन्दा केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी टोली खटाइएको र घटना बारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.