प्रचण्ड समूहमा रहेका देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराई नियुक्त

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहमा रहेका प्रमुख सचेतक गुरुङ हटाउनुभएको छ । ओलीले गुरुङको ठाउँमा विशाल भट्टराई नियुक्त गर्नुभएको छ ।
पार्टी दुई खेमामा विभक्त भए पनि कानुनतः एकै दल कायम रहेका बेला पार्टीको संसदीय दलका नेता समेत रहनुभएका ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
त्यसो त संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा माग्नुभएको थियो । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाउनुभएको हो ।
पार्टी दुई चिरा भएपछि नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गर्दै पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्