अर्थ
मलद्वारमा सुन लुकाएर ल्याउने चार विदेशी पक्राउ
बुधबार साँझ फ्लाई दुवईको एफजेड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उज्वेकिस्तानका चार नागरिकलाई झण्डै चार किलो सुनसहित प्रहरीले पक्राउ गरेको छ।
समाचार अनुसार दुबईबाट काठमाडौं आएका तीन महिला र एक पुरुषलाई साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ गरिएको हो । उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरका अनुसार चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो ।



प्रतिक्रिया राख्नुहोस्