जन सरोकार

बच्चा बोकेकी महिलालाई निर्मम किसिमले लट्ठी हान्ने इन्स्पेक्टर कारबाहीमा

ललितपुरको भैंसेपाटीमा एक बच्चा बोकेकी महिलालाई निर्मम किसिमले लाठीले कुट्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको इञ्चार्जबाट हटाइएको छ ।

नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार साहका लागि न्याय माग्न भन्दै बच्चासहित खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई पौडेलले लाठी हानेका थिए ।

भिड नियन्त्रण गर्ने नाममा पौडेलले बच्चा बोकेकी महिलालाई लट्ठी हानेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि पौडेललाई जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताउनुभएको छ ।

यस विषयमा प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंह नेतृत्वको समितिले छानविन गरिरहेको जानकारी दिंदै एसएसपी) राई अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको जानकारी दिनुभएको छ ।

प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्नेछ । सोही आधारमा इन्स्पेक्टर पौडेलमाथि कारबाही गरिने बताइएको छ ।

सम्बन्धित खबर

Back to top button