प्रबास

इरानको आक्रमणबाट गोरखाका दिवस श्रेष्ठको मृत्यु

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट आइतबार मृत्यु भएका नेपाली युवाको पहिचान खुलेको छ । अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको निधन भएको खुलाइएको छ ।

मृत अवस्थामा ४ जना फेला

अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार आक्रमणमा परी मृत्यु हुनेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठ रहनुभएको छ ।

२९ वर्षीय दिवस श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.