राजनीति
ट्राफिक नियम उल्लघंन गरेको भन्दै सभामुख अर्यालको गाडीलाई सिंहदरबार पुगेर प्रहरीले काट्यो चिट
ट्राफिक नियम उल्लघंन गरेको भन्दै सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।
थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरी सिंहदरबार गएको गाडीलाई सिंहदरबारमै गएर चिट काटेको हो । सभामुखको गाडीले लेन थापाथली सडकमा लेन क्रस गरेको भन्दै चिट काटेको प्रहरी स्रोतले बतायो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतले चिट काटेको पुष्टि गरेको छ । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । ‘नियम उल्लंघन गर्ने सबै समान हुन् । यसको, उसको गाडीभन्दा पनि नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको हो’, ट्राफिक प्रहरी स्रोतले भन्यो ।





प्रतिक्रिया राख्नुहोस्