राजनीति

प्रधानमन्त्री ओली र मिर्गौला दान गर्ने समीक्षालाई पूर्ण स्वास्थ्यलाभको कामना

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका उहाँका समकक्षी तथा नेपालका सर्वसाधारण जनताले स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहनुभएको छ ।

यस क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबारएक सन्देश पठाई उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै सर्वसाधारणहरु पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनीहरुका हातमा प्रधानमन्त्री ओलीको तस्वीर अंकित प्लेकार्ड छन् । प्लेकार्डमा ‘गेट वेल सुन पीएम’ लेखिएको छ । उनीहरु बाटोको एक छेउमा लामबद्ध भएर उभिएका छन् ।

त्यस्तै प्रत्यारोपण सुरु गर्नुअघि मन्त्रीहरु, नेकपाका नेताहरु, मुख्य सचिव, विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्री ओलीलाई भेटेर मिर्गौला प्रत्यारोपण सफलताको कामना र शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

नेपालजापान डटकम परिवार प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँलाई मिर्गौला दान गर्ने समीक्षा कोइरालाको पूर्ण स्वस्थ जीवनको कामना गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.