राजनीति

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएसंगै नयाँले काम गर्न थाल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक र्गौला प्रत्यारोपण सफल भएको छ । शल्यक्रियामा संलग्न एक चिकित्सकका अनुसार प्रत्यारोपण गरिएकोा नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ ।

१३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराउनुभएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा राखिएको छ । अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अस्पतालका छतमासमेत सुरक्षाकर्मी तैनाथ छन्।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । सोमबारदेखि मंगलबार बेलुकासम्म पनि प्रधानमन्त्री ओलीको विभिन्न परीक्षण गरेर शरीरलाई प्रत्यारोपणका लागि अनुकुल बनाइएको थियो ।

अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो । उपचारमा संलग्न चिकित्कसहरुले पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.