विश्व समाचार

जातीय भेदभावमा परेका महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी

भेदभावले मानिसको आत्मसम्मानमा मात्र ठेस पुग्ने होइन कि उनीहरुलाई गम्भीर प्रकृतिको रोग लाग्ने सम्भावना समेत रहेको अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ ।

रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको हो ।

संरचनात्मक जातिवादले समाजमा विद्यमान विभेदको शिकार विभिन्न स्तरमा जरा गाडेर बसेको देखाएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र फौजदारी न्याय प्रणालीमार्फत पनि नजानिदो गरी जातीय भेदभावलाई बढावा दिने प्रवृत्ति विद्यमान रहेको पनि अनुसन्धानले देखाएको छ ।

“जातिवादजस्ता दीर्घकालीन मनोसामाजिक तनावले रक्तचाप र हृदय रोगको लागि अन्य जोखिमको स्तर बढाउँछ,“ बोस्टन विश्वविद्यालय चोबानियनका चिकित्साशास्त्रका सहायक प्राध्यापक एवम् अनुसन्धाता शानशन शेहीले उल्लेख गर्नु भएको छ । यस्ता अनुसन्धानले जातीय विभेदको विभिन्न पक्षलाई उजागर गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.