जन सरोकार
जन्तीबस दुर्घटना : तीनजनाको मृत्यु बेहुला बेहुली घाइते
मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जितपुर भञ्ज्याङबाट सुकौरा जाँदै गर्दा दुर्घटना हुँदा बेहुला बेहुली सामान्य घाइते छन् ।
दुर्घटनाका घाइतेको हेटौंडा र चुर्यहिल अस्पतालमा उपचार भइरहेको छ । बुधबार मकवानपुरगढी गाउँपालिका २ स्थित शिखरकचेरीमा ना ३ ख ३५५६ नम्बरको बस दुर्घटना भएको हो । ४८ यात्रु बसमा रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरका अनुसार घाइतेको उद्दार कार्य जारी रहेको छ। मान्छे धेरै च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।
राठौरका अनुसार मृतकका सनाखत भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।