कर्णाली

डोल्पाको करेलीकाँडा गाउँ अज्ञात रोगबाट थलियो

डोल्पाको एउटा सिंगो गाउँ अज्ञात रोगबाट थलिएपछि कर्णाली प्रदेश सरकारले प्रभावित गाउँमा बुधबार हेलिकोप्टरबाट औषधि, चिकित्सक र ल्याप टेक्निसियन पठाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका– १ करेलीकाँडा गाउँमा पहिचान हुन नसकेको रोग पत्ता लगाउन अहिले बिरामीको नमूना संकलन गरिएको छ ।एक सातादेखि फैलिएको संक्रमणका कारण सो गाउँ थला परेको छ ।

संक्रमण फैलिएको गाउँबाट संकलन गरिएको बिरामीको नमूना परीक्षणका लागि काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ । गाउँमा हाल ८० जना बिरामी छन् जसमध्ये चार बिरामीको खकार, सिँगान र रगत लगायतको नमूना काठमाडौं पठाइएको प्रजिअ सुनारले बताउनुभयो ।

अज्ञात रोगले गाउँ नै थला परेको थाहा पाएको तीन दिनपछि बुधबार विशेषज्ञको टोली र औषधि लिएर हेलिकप्टर करेलीकाँडामा पुगेको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा हेलिकप्टरमार्फत गाउँ पुगेका दुईजना डाक्टरसहितको टोलीले बिरामी र स्थानीयको पनि स्वास्थ्य चेकजाँच गर्ने जिल्ला अस्पतालकी डाक्टर मेलिना हमालले बताउनुभयो ।

जिल्लाबाट डाक्टर मेलिना हमालको नेतृत्वमा चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । नमूना परीक्षणको रिपोर्ट ४८ घण्टामा आउने र त्यसपछि मात्रै कुन रोग भन्नेबारे पत्ता लाग्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.