राजनीति

स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल नेपाल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न सोमबार साँझ उहाँको निवास कोटेश्वर पुग्नुभएको छ ।

प्रधानमन्त्री दाहाल नेपाल निवासमा

केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहनुभएका अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले कोटेश्वर निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.