क्रिकेटखेल

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै  

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि आज(मंगलबार) नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ ।

वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका हुन् । लिग चरणमा सबै टोलीले समान चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो भने नेपाल चार अंकसहित दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेको हो ।

यता नामिबिया भने तीन अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ । लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । लगातार दुई खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गर्दा चौथों तथा लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित निकालेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.