सूचना/प्रविधि

फेसबुकमा देखियो एकाएक समस्या

सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा लाखौं प्रयोगकर्ताले गुनासो गरेका छन् ।

प्रयोगकर्ताहरुको फेसबुक एकाउन्ट एक्कासी लगआउट भएको र त्यसपछि लगइन हुन सकेको छैन । नेपालसहित विश्वभर फेसबुकमा समस्या आइरहेको प्रयोगकर्ताहरुले बताइरहेका छन् । फेसबुक लगइन गर्दा डाउन भएको देखिएको हो ।

फेसबुक सर्भर मर्मत गर्दा समस्या आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यससम्बन्धी फेसबुकले केही बताइसकेको छैन ।

फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

यो समस्याका बारेमा फेसबुकले यो समाचार तयार पार्दासम्म आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन र लगइन पनि भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.