जन सरोकार

न्यूरोडबाट पक्राउ परे ह्याण्ड स्यानेटाइजर कालोबजारी गर्ने भारतीय नागरिक

विश्वमा फैलदै गएको कोरोना भाइरसबाट बच्ने उपकरणहरुको नेपालमा व्यापक कालोबजारी हुन थालेको छ । त्यस्तै औषधिको समेत कृत्रिम अभाव देखाउँदै महंगोमा बेच्न थालेपछि सरकार र प्रहरीको सक्रियता बढेको छ ।

पक्राउ

यसै क्रममा नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ । जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ गुप्तासँग प्रहरीले ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य रु दुई लाख ५६ हजार ५२० रहेको छ । पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button