प्रधानमन्त्री प्रचण्डबिरुद्धको रिट निवेदनकर्ताहरु पुगे सर्वोच्च अदालत
गम्भीर मानवअधिकार उल्लंघनको घटनामा संलग्न रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् ।
द्वन्द्व प्रभावित समेत रहेका कानुन व्यवसायीहरुले २०७६ साल माघ १ गते टुँडिखेलमा भएको एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने र १२ हजारको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको थियो ।
अहिले आएर प्रचण्डको त्यही अभिव्यक्तिलाई लिएर छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत गएका भए पनि त्यतिबेला रिट दर्ता भएको थिएन ।
अदालतले रिट दर्ता गरेपछि त्यसविरुद्ध परेको निवेदनमा गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएपछि कानुन व्यवसायीहरु पुनः रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध जाहेरी दर्ता गरी पक्राउको आदेश माग गर्ने उद्देश्यसहित रिट दर्ता गर्न पुगे पनि यो समाचार तयार पार्दासम्म उनीहरुको रिट भने दर्ता भइसकेको छैन ।




प्रतिक्रिया राख्नुहोस्