प्रबास

११ दिन अघि नेपालबाट अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

डेढ हप्ता अघि मात्र विदा सकेर अस्ट्रेलिया फर्केका एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अष्ट्रेलियामा पढ्दै गरेका उनी ११ दिन अघि मात्रै नेपालबाट फर्केका थिए ।

अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए । समाचार अनुसार फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका उनलाई कोरोना संक्रमण भएको अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
यतिबेला उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थीको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ ।उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख छ ।

स्वास्थ्य अधिकारीले उनीसँगको नजिकको सम्पर्कमा आएका सह–कर्मीको पहिचान गर्ने प्रयासमा भएको बताएका छन् । यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण पनि लिने प्रयास भइरहेको बताएका छन् । अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको बताइन्छ । उनले पछिल्ला केही हप्तामा ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरेका थिए ।

हेर्नुहोस् सेभेनन्यूज डट कमको रिपोर्ट

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.