सत्ताको फोहोरी खेलमा नलागेर ताजा जनादेशमा जान कांग्रेसलाई थापाको सुझाव

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अस्तित्व विलिन गराइदिएपछि झण्डै दुई तिहाई मतमा रहेको तर अहिले विभाजित भएको नेकपा अब नेकपा एमाले र माओवादी केन्द्रमा विभक्त भएपछि सत्ता राजनीतिमा नयाँ खेलको सुरुवात हुने भएको छ ।
अब एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि कसैको पनि बहुमत नरहेकाले सत्ताको खेलले मुलुकमा चरम विकृति ल्याउने भन्दै ताजा जनादेशमा जान सुझाव दिइएको छ । अब सरकार बनाउने र गिराउने मुख्य भूमिका नेपाली कांग्रेसको हुने भएकाले यदि कांग्रेसले ताजा जनादेशको निर्णय गरेमा त्यो मुलुकका लागि हितकर हुने सुझाव दिएको छ ।
सर्वोच्चको फैसला लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले सत्ताको फोहोरी खेलमा लागेर हैन मुलुकका भविष्यप्रति सोचेर सुझबुझपूर्ण निर्णय गर्न सुझाव दिनुभएको छ । उहाँले सत्ताको खेलमा कांग्रेस निर्णायक शक्ति भए पनि अब कांग्रसले ताजा जनादेशमा जाने विकल्प रोज्नुपर्ने सुझाव दिनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्