खेल

नारी दिवसमा जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर मनाएको छ । यहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गङ्गा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको छ । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

शारीरिक र मानसिक रूपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.