साहित्य

सुन्ने र हेर्ने कविता लिएर आए सुदीप (भिडियोसहित)

नेपाली म्यूजिक भिडियोहरुमा विस्तारै पाइला अघि बढाउँदै गरेका कलाकार सुदीप हमालले नयाँ प्रयोग गरेका छन् । गीतहरुमा अभिनय गर्दैआएका उनी यतिबेला आफ्नै रचनालाई दृश्यमा उतारेर दर्शकमाझ आएका छन् ।

साहित्य सिर्जनामा रुची राख्ने हमाल यसपटक मेरी उनी शीर्षकको कवितालाई दृश्यमा उतारेर आफ्नै आधिकारिक युटुब च्यानलमार्फन सार्वजनिक भएका हुन् ।

कविता वाचन र त्यससंगैका सान्दर्भिक दृश्यहरु समेटिएर निकै सामान्य किसिमले तयार भएको भिडियोको प्राविधिक र अन्य पक्षहरुलाई हेर्नुभन्दा पनि यसको भाव र साहित्यिक मर्मलाई दर्शकहरुले रुचाएको पाइएको छ ।

नेपालको सबभन्दा ठूलो समस्याका रुपमा रहेको बेरोजगारीबाट पार पाउन वैदेशिक रोजगारीमा जान बाध्य एक युवाको आफ्नी प्रियतमाप्रतिको समर्पण र मायालाई कवितामा उतारिएको छ भने यसलाई सोही अनुसार दृश्यमा कैद गरिएको छ ।

सिर्जनामा रुची राख्ने हमालको रचना र अभिनय तथा अशोक धितालको वाचनकला रहेको यो भिडियोको छायाकन नुरज ठकुरी र सम्पादन तथा निर्देशन रोशन धितालले गरेका छन् ।

यो कवितात्मक भिडियो अहिले जस्तो बनेको छ त्योभन्दा निकै उत्कृष्ट बन्नसक्ने भए पनि कवि तथा कलाकार हमालले यसलाई एउटा प्रयोगका रुपमा मात्र लिएको अनुमान गर्न सकिन्छ ।

साहित्यचेत भएका हमालबाट आगामी दिनमा स्तरीय रचना र सो रचनालाई स्तरीय भिडियोमार्फत आउने प्रेरणा मिलिरहोस् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.