जापान

टोकियोमा खुल्यो नेपालीका लागि नयाँ विद्यालय

जापानको राजधानी टोकियोको कोईवा शहरमा हिमालय ईन्टरनेशनल एकेडेमी विद्यालय स्थापना गरिएको छ । जापानको नयाँ शैक्षिक सत्र अप्रील महिनाको पहिलो साताबाट विद्यालयमा पठनपाठन सुरु गरिने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

टोकियोको पूर्वी क्षेत्रमा पर्ने यदोगावाको कोईवा शहरमा नेपाली समुदाय तथा विद्यालय जाने उमेरका बालबालिकाहरुको बढदो घनत्वलाई मध्यनजर गर्दै विद्यालय स्थापना गरिएको बताईएको छ । यदोगावा शहरमा नेपाली सहित भारतियहरूको बाक्लो वसोवास रहेको शहर हो।

नेपाली, अंग्रेजी तथा जापानी भाषामा नेपाली तथा विदेशी शैक्षिक पाठयक्रम मापदण्डलाई आधार मानेर विद्यालयले पठनपाठन तयारी गरेको हो। नर्सरीबाट कक्षा चारसम्मको कक्षाबाट सुरू गरिने विद्यालयले पाठयक्रम सहित सवैकिसिमका अतिरिक्त कृयकलाप कक्षाहरु समेत संचालन गरिने तयारी गरिएको विद्यालयका संस्थापक तथा प्रधानाध्यापक शिशिर गौडेलले जानकारी दिनुभयो।

प्रधानाध्यापक गौडेलका अनुसार हाल टोकियोका विभिन्न क्षेत्रमा रहने नेपाली अभिभावकहरुसंग शैक्षिक परामर्स तथा विद्यालयको योजना बारेमा जानकारीमुलक छलफल तथा भेटघाट तिब्र पारिएको छ। नेपाली बालबालिकाहरुमा जापान तथा नेपालमा जहाँ रहेपनि समान पाठयक्रम तथा भाषामा कुनै पनि प्रभाव नपरोस भन्ने उद्देश्यले पठनपाठन गर्ने तयार गरिएको दावी गरिएको छ।

सयजना विद्यार्थी क्षमतालाई पहिलो चरणमा आगामी महिनाबाट कक्षा संचालन सुरु गरिने प्रधानाध्यापक गौडेलले जानकारी दिनुभयो। शान्त वातावरणमा अन्तराष्ट्रिय स्तरको अध्ययन अध्यापन गराईने लक्ष्य राखिएको विद्यालयमा जापानमा लामो समययता आईटि तथा व्यवसायीक क्षेत्रमा सकृय करिव एक दर्जन नेपालीहरु व्यवस्थापन समितिमा रहेको संस्थापक मध्येका एक राजन रिजालले जानकारी दिनुभयो।

रोजगारी तथा विभिन्न वाहनामा जापानमा हाल करिव एक लाख नेपालीहरुको बसोवास रहेको छ। जापानमा नेपालीहरूले संचालन गरेको हिमालयन एकाडेमी दोस्रो विद्यालय हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.