जन सरोकार

बालबालिकादेखि युवासम्मलाई सिर्जनात्मक अभ्यास गराउने भित्ते पत्रिका

सूचना प्रविधिको विकासले विश्वको जुनसुकै कुनामा भएका घटना क्षणभरमा हातहातै हेर्न पढ्न सकिने भए पनि ग्रामीण क्षेत्रमा भने अझै पनि सूचनाको पहुँच र आफ्ना सिर्जना सम्प्रेषणका लागि भरपर्दो माध्यम छैन ।

नेपालमा गाउँगाउँमा दशकौंअघिसम्म भित्तेपत्रिका प्रकाशन गरी सूचना, समाचार, चेतनामूलक सन्देश तथा रचनाहरु सार्वजनिक गर्ने गरिन्थ्यो । अहिले त्यो क्रम मोबाइलले भंग गरे पनि भित्ते पत्रिकाको महत्व भने कायमै छ ।

भित्ते पत्रिका पत्रकारिताको आधारभूत प्रशिक्षण पनि भएकाले यसको प्रबद्र्धनमा विगतमा जति प्रयास हुन्थ्यो अहिले त्यसमा व्यापक कमी आएको छ ।

यसै क्रममा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको सहयोग र सनराइज सिन्धु मिडिया प्रालिद्वारा मेलम्चीमा तीन दिने भित्तेपत्रिका लेखन तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

समुदायमा हराउँदै गए पनि भित्ते पत्रिका कतिपय विद्यायहरुमा भने अझै पनि अतिक्ति क्रियाकलापका रुपमा अभ्यास गराइन्छ । विद्यार्थीहरुका लेखर रचना अनि विद्यालयका गतिविधि लगायत इतिहास, संस्कृति, खेलकूदका विषयहरु समेटेर प्रायःजसो विद्यालयहरुमा भित्ते पत्रिका राखिएका हुन्छन् ।

यसले बालबालिकालाई सिर्जनशील बनाउन थप ऊर्जा दिनेछ । समुदायस्तरमा पनि केही दशक अघिसम्म भित्तेपत्रिकाको निकै महत्व थियो । गाउँघरका युवाहरु मिलेर भित्ते पत्रिका प्रकाशन गरिन्थ्यो । तर, आजभोलि यसमा कमी आएको छ ।

प्रविधिको विकास र प्रयोग बढेसंगै मानिसको सिर्जनशीलतामा पनि शिथिलता आएका बेला भित्ते पत्रिकालाई पुनः जागृत गरउनुपर्ने आवश्यकता सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवाहको एकमत रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.