राजनीति

सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा तीनजनाको मनोनयन, जनमत पार्टीका तर्फबाट ममता झा

सत्तारुढ गठबन्धनले उपराष्ट्रपति पदका लागि तीनजनाले उम्मेदवारी दिने भएका छन् । उम्मेदवारीका सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने,  जनमत पार्टीका तर्फबाट ममता झालाई महिला उम्मेदवार बनाउने निर्णय भए अनुसार झाले उम्मेदवारी मनोनयन गरिसक्नुभएको छ ।

राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिनुभयो ।

“आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने र आइतबारसम्म छलफल गरेर एउटै उम्मेदवार कायम गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुनै जोखिम नलिइ आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको अध्यक्ष राउतले बताउनुभयो ।

निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समयसीमा तय गरेको छ । गठबन्धनले जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर आयोगले पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्ने जनाएपछि पुनःछलफल गरी अन्तिम निष्कर्ष दिने सो पार्टीले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेताको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.