राजनीति
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेस सांसदलाई ह्वीप
आफू नेतृत्वको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
फागुन ३० गने प्रतिनिधिसभामा प्रधानमन्त्री प्रण्डले विश्वासको मत लिने तालिका रहेको छ । यस्तोमा कांग्ेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गर्नुभएको हो ।
प्रधानमन्त्री तथा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही फागन २१ गते कांग्रेस सम्मिलित गठबन्धन तोडेर एमाले, रास्वपा लगायतको नयाँ गठबन्धन बनाउनुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्