विश्व समाचार

कोरोना महामारी नै भएको पुष्टि, बेलायती स्वास्थ्य मन्त्री नै संक्रमित

विश्व स्वास्थ्य संगठनले दुई महिनायता चीनबाट फैलिएको कोरोना भाइरस महामारी नै भएको पुष्टि गरेको छ । पछिल्लो समय चीनले भाइरस संक्रमण र मृत्युलाई व्यापक मात्रामा घटाउँदै लगे पनि यो अन्य मुलुकमा फैलिको छ भने बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई नै कोरोना भाइरसको सङ्क्रम भएको छ ।

बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उहाँलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बेलायतमा अहिलेसम्म ३८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ ।

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १।५५ अर्व अमेरिकी डलर रकम छुट््याइएको घोषणा गर्नुभएको छ ।

उहाँले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिनुभयो ।

यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सातहजार ७७५ पुगेको छ ।

त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।

जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् ।

कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयाँै बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएकोजनाइएको छ ।

उता अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल सङ्मित सङख्या १००१ पुगेको हो भने मृत्युहुनेको सङ्ख्या २८ पुगेको छ ।
उनीहरुले वासिङट्नमा २६०, न्यूयोर्कमा १७३, क्यालिफोर्नियामा १४४ जनामा कोरोना भाइरस सङ्क्रम भएको पुष्टी भएको जनाएको छन् ।

महामारी नै भएको पुष्टि

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले कोभिड १९ भनिने कोरोना संक्रमणबाट महामारी निम्तिएको पुष्टि गरेको छ । महामारी पुष्टि गरे पनि कोरोना संक्रमणलाई ठूलो आश्चर्य नभएको र यो महामारीलाई नियन्त्रणमा लिन सकिने पनि डब्ल्यूएचओले जनाएको छ ।

चीनको हुबेइस्थित उहान शहरबाट फैलिएको भनिएको कोरोना संक्रमणका कारण हालसम्म विश्वर ४,६२७ जनाको ज्यान गइसकेको छ भने १२६१४५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ५,७०९ जनाको अवस्था गम्भीर रहेको छ ।

मानवीय हताहती बढ्दै गएपछि डब्ल्यूएचओले कोरोना महामारी नै भएको पुष्टि गरेको हो। डब्ल्यूएचओका प्रमुख टेड्रोस आद्नोम घेब्रेयाससले चीनबाहिर मात्रै पछिल्ला दुई हप्ताभित्र संक्रमण दर १३ गुणाले बढेको उल्लेख गरेका छन् ।

उनले भने, ुकोरोनाले निकै गम्भीर अवस्था निम्त्याएको छ, संक्रमण खतरनाक स्तरमा पुगेको छ।ु विश्वका विभिन्न देशमा एकैसाथ फैलने रोगलाई महामारी भनिन्छ। अहिलेसम्म कोरोना विश्वका १०० भन्दा देशहरुमा फैलिइसकेको छ ।

कोरोनाका कारण धमाधम मानिसहरुले ज्यान गुमाउन थालेपछि इटालीले केही घण्टाअघि मात्रै खाद्यन्न र औषधीपसल बाहेकका सबै कारोबारस्थल र मानवीय गतिविधीमा प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.