कोशी

पहिचानको आधारमा नाम हुनुपर्ने भन्दै कोशीमा हड्ताल

तत्कालीन प्रदेश १ को नाम कोशी प्रदेश राखिएपछि पहिचानका आधारमा हुनुपर्ने भन्दै आएका पक्षहरुले आइतबार कोशी प्रदेश बन्दको आव्हान गरेका छन् ।

लामो समयको विवादकाबीच प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादीहरूले पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

भूगोलको आधारमा बहुमतबाट नाम राखिएपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा बन्द गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् भने सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.