विश्व समाचार

डब्लुएचओको महामारी घोषणा लगत्तै चीनले भन्यो कोरोना महामारी हट्यो

युरोप र अमेरिकामा कोरोना भाइरसको संक्रमण नहुँदासम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही बोलेन । जब त्यता फैलिन थाल्यो उसले महामारीको घोषणा गर्यो तर यसबीचमा चीनले भने कोरोनाको महामारी समाप्त भएको घोषणा गरेको छ ।

डब्लुएचओ र चीनको आपसी बिरोधाभाषी घोषणाकाबीच युरोप, अमेरिका एकातिर र चीन अर्कोतिर देखिएको छ । चीनले जसरी, जुन रुपमा कोरोनामाथि नियन्त्रण पाएको छ यसले भने उसका छिमेकी मुलुक र एसियाली देशहरुलाई राहत दिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणका नयाँ विरामी आउने क्रम घटिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको छ ।”

मीले भन्नुभयो, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा भरेको छ ।” वुहानमा नयाँ सङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सिमित भएको उहाँले पुष्टि गर्नुभयो ।

“हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।”

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उहाँको भनाई थियो ।

विश्व स्वास्थ्य सङ्गठनले बुधबार कोभिड–१९ सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।

बुधबारसम्ममा विश्वभर एक लाख १८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ११४ मुलुकमा फैलिएको यस भाइरस सङ्क्रमणको समस्याका कारण चार हजार २९१ व्यक्तिले आफ्नो जीवन गुमाएका सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकारसम्मेलनमा बताउनुभयो ।

आगामी केही दिन (हप्ता) कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता मीले भन्नुभयो, “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई निजिकबाट नियालेको र सङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.