राजनीति

कोरोनाबिरुद्ध सार्क राष्ट्र एकजुट हुन मोदीको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ट्वीट गर्दै गर्नुभएको यस्तो आग्रहमा उहाँले ट्वीटरमार्फत नै सो प्रतिउत्तर दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उनले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गर्नुभएको थियो ।

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।मोदीको प्रस्तावमा माल्दिभ्स, श्रील‌ंकाले पनि समर्थन जनाएका छन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.