अत्यावश्यक बाहेक यात्रा नगर्न नेपाली दूताबासको अनुरोध
कोरोनाका कारण नेपाली दूताबास जापानले त्यहाँ रहेका नेपालीहरुलाई दिने सेवा सुविधामा परिवर्तन गरेको छ । यसै गरी दूताबासले नेपालीहरुलाई अत्यावश्यक बाहेक जथाभावी यात्रा नगर्न पनि सूचित गरेको छ ।

नेपाली राजदूतावास उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालका अनुसार नेपालमा कोरोना संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले गरेको निर्णय अनुसार दूताबासले सेवा प्रदान गर्ने जनाउँदै त्यहाँ रहेका नेपालीहरुलाई शतर्क रहन समेत आव्हान गरेको छ ।
दूताबासबाट अधिकृत वारेसनामा प्रमाणिकरण र हस्ताक्षर प्रमाणिकरणका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसै गरी राहदानी र यात्रा अनुमतिपत्रका साथै अन्य प्रमाणिकरण –जन्मदर्ता, विवाहदर्ता, नाता प्रमाणित, सवारी चालक अनुमतिपत्र प्रमाणिकरण आदि)का लागि आवयक पर्ने कागजात दस्तुर राखी हुलाकमार्फत दूताबासको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।
हेर्नुहोसु दूताबासको सूचना
प्रतिक्रिया राख्नुहोस्