जल/वातावरण

कोरोना रोकथामका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन

कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका मन्त्रिस्तरको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

गत फागुन ३० गतेको उक्त बैठकले रोकथाम र नियन्त्रणका लागि जनचेतना र निगरानीमा सघाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिसमेत गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्वयंसेवक परिचालनका लागि सबै स्थानीय तह र शैक्षिक संस्थामा पत्राचार शुरु गरिएको छ । ती तहमा स्वयंसेवक टोली गठन गरी परिचालन गर्न निर्देशन दिइएको छ ।

यसैबीच कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गर्नुभयो । “उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.