जापान

कास्की पोखरा समाज जापानको प्रवक्तामा दीपक सुनार चयन

जापानमा रहेका कास्की पोखरावासी नेपालीहरूको संस्था कास्की पोखरा समाज जापानले प्रवक्तामा दीपक सुनारलाई चयन गरेको छ ।आईतबार एक समारोहकाबीच टोकियोमा समाजका अध्यक्ष विश्व सुवेदी लगायतका पदाधिकारीहरूको सहभागितामा सुनारलाई प्रवक्ता चयन गरेको हो ।

यस्तै सोही भेलाले चिवा निवासी रमेश दाहाललाई संस्थाको सदस्य समेत चयन गरेको छ । नवनियुक्त पदाधीकारीहरूलाई सोही समारोहमा पद तथा गोपनियताको सपथ गराईएको थियो ।

यसैबीच नवनियुक्त प्रवक्ता सुनारले जापानमा संस्थाका हरेक गतिविधीहरूलाई जनमानसमा पुर्याउने तथा अन्य सामाजिक संघसस्थाहरूसंगको सम्वन्धलाई प्रगाढ बनाउन प्रयास गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । प्रवक्ता सुनार गैरआवासीय नेपाली संघ निगाता क्षेत्रीय संयोजक समेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.