जापान

आउँदो आइतबार गुरुङ समाज जापानको बीबीक्यूसहित वनभोज आयोजना

जापानवासी गुरुङहरूको छाता संगठन गुरुङ समाज जापानले आउँदो आइतबार, जुन २८ मा नेपालीहलाई एकै थलोमा भेला गराउने उद्देश्यसहित बीबीक्यूसहित वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार जापानमा बसोबास गर्ने गुरुङ तथा अन्य नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

राजधानी टोकियोस्थित कसै रिंकाई पार्कमा आयोजना हुने वनभोजमार्फत गुरुङ जातिको मौलिक कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

गुरुङ समाज जापानले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन तथा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन जापानमा रहेका सम्पूर्ण गुरुङ तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.