राजनीति

शितल निवासको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको चुनावी मोह

मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएका बेला मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बैठक राख्नुभयो । बैठकमा राष्ट्रपति र प्रधानमन्त्री केपी ओलीको चुनावप्रतिकै मोह देखियो भने अन्य दलका नेताहरुले राष्ट्रपतिको अभिव्यक्तिप्रति अर्को आशंका व्यक्त गरे ।

बैठकपछि सहभागी नेताहरु उठ्दै गर्दा राष्ट्रपति भण्डारीले आफू निर्वाचनको पक्षमा रहेको सांकेतिक धारणा राख्दै चुनाव त ठूलो कुरा होइन । चुनाव गर्दा के हुन्छ ? चुनाव त लोकतन्त्र हो भनेर भन्नुभएको एक नेताले बताए ।

मंगलबार आफूले बोलाएको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले छोटो मन्तव्य राख्दै नभेटेको धेरै भएकाले बोलाएको र आफू बंगलादेश भ्रमणमा जान लागेको र कोभिडको कारणले पनि भेट्न नसकेकाले बोलाएको बताउनुभएको थियो ।

त्यसपछि सामान्य कुराकानी गर्दै चियापान भइरहेको थियो । चियापान सकिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बोल्ने भनेर समय माग्दै आफूले गरेको प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले उल्टाइदिए पनि विघटन गरेर जाने प्रावधान रहेको भन्नुभएको थियो ।

बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री ओलीले पुनःस्थापित प्रतिनिधिसभाले काम गर्ला जस्तो छैन । अब फेरि विघटन गरेर चुनावमा जाऊँ र त्यसका लागि सबै छलफल गरौं भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.