क्रिकेटखेल

विश्वकप लिग-२ : नेपालसामु पिएनजीद्वारा २०५ रनको लक्ष्य

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिटेको प्रारम्भिक छनोट प्रक्रियासमेत रहेको विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।

युएईको शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए ।

ओपनरद्वय टोनी उरा र लेगा सिएकाले पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । आरिफ शेखले दशौँ ओभरमा २७ रन बनाएका उरालाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउदै ५१ रनको साझेदारी तोडेका थिए ।

पिएनजीलाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले नेपालका लागि सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए भने यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यु गरेका सन्दीप लामिछाने १ विकेट लिए ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिए । यस्तै आरिफ शेखले १ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरमा २६ रन मात्र खर्चिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.